२४ चैत्र ०७८, ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिका र धनकुटाको महालक्ष्मी नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना भएको छ । महालक्ष्मी नगरपालिकाको तर्फबाट नगर प्रमुख श्री रामेश्वर श्रेष्ठ, नगर उपप्रमुख श्री निर्मला थापा र प्रमुख प्रशासकीय अधिकृत श्री रोशन ज्ञवालीले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् भने महालक्ष्मी नगरपालिका, धनकुटाको तर्फबाट नगर प्रमुख श्री पर्शुराम नेपाल र नगर उपप्रमुख श्री मञ्जु अधिकारीले हस्ताक्षर गरेका थिए ।
बुधबार ११ बुँदे समझदारी पत्रमा हस्ताक्षर भएसँगै दुई नगरपालिकाबीच भनिनी सम्बन्ध स्थापना हुन लागेको हो ।
कार्यक्रममा महालक्ष्मी नगरपालिक ललितपुरको नगर गानको सार्वजनिकसँगै नगरपालिकाको प्रयास उपलब्धी पुस्तक विमोचन गरिएको थियो ।
भगिनी सम्बन्ध सम्झौताले दुवै नगरपालिकाको पर्यटन प्रवर्द्धन, सामाजिक, सांस्कृतिक, व्यापारिक, आर्थिक र संस्थागत विकास लगायतका विषयहरूमा अन्तर्सम्बन्ध कायम गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
समजदारी अनुसार पर्यटन प्रवर्द्धनका लागि गर्न अनुकूल वातावरण सिर्जना गर्ने, स आर्थिक, व्यापारिक र पूर्वाधार विकासजस्ता अन्तर्सम्बन्ध कायम गरिने भएको हो । कार्यक्रममा नगरपालिकाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरू, प्रधानाध्यापकहरू, नगरपालिकाका कर्मचारीहरूर दुवै नगरपालिकाका स्थानीय समाजसेवीलगायतको उपस्थिति थियो ।
प्रतिक्रिया