२४ माघ २०८२, शुक्रबार | Sat Feb 7 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सहिद गेटको उद्घाटन गर्न अध्यक्ष ‘प्रचण्ड सिरहा जाँदै



२४ चैत्र ०७८,काठमाडौँ । आज नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सिरहा जाँदैछन् । प्रचण्डले त्यहाँ सहिद गेटको उद्घाटन गर्ने कार्यक्रम छ ।तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको १० वर्षे सशस्त्र विद्रोहको क्रममा सहादत प्राप्त गरेका सहिदको स्मृटिमा गेट बनाइएको छ ।

२०७० को संविधानसभा निर्वाचनमा सिरहा प्रचण्डको निर्वाचन क्षेत्र भएको जिल्ला पनि थियो । क्षेत्र नम्बर(५ बाट उनी संविधानसभा सदस्यको रूपमा विजयी भएका थिए ।तर, अहिले उनले निर्वाचन क्षेत्र परिवर्तन परिवर्तन गरेका छन् । गृह जिल्ला चिवतन उनको निर्वाचन क्षेत्र भएको जिल्ला भएको छ ।

प्रकाशित मिति : २४ चैत्र २०७८, बिहिबार  ८ : ३० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।