७ पुस २०८२, सोमबार | Mon Dec 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


अधिवक्ता गोविन्द बन्दी कानूनी मन्त्रीमा नियुक्त



२४ चैत्र ०७८,काठमाडौँ । अधिवक्ता गोविन्द बन्दी कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बन्दीलाई कानुनमन्त्रीमा नियुक्त गरेकी हुन् ।

नवनियुक्त मन्त्री बन्दीका अनुसार बिहीबार दिउँसो २ बजे पद तथा गोपनीयताको शपथ ग्रहण कार्यक्रम छ ।  बन्दी संघीय संसदमा सदस्य छैनन् । ६ महिनाभित्र संघीय संंसदको सदस्यता प्राप्त गर्न नसकेमा स्वतः उनको मन्त्री पद गुम्नेछ ।

प्रकाशित मिति : २४ चैत्र २०७८, बिहिबार  १ : ०६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।