२४ माघ २०८२, शुक्रबार | Sat Feb 7 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


शुरु भयो टाइफाइडविरुद्धको खोप अभियान, ७५ लाख बालबालिकालाई खोप दिने लक्ष्य



२४ चैत्र ०७८,काठमाडौँ । टाइफाइडविरुद्ध बालबालिकालाई दिइन लागिएको खोपको उद्घाटन गरिएको छ । रानीपोखरीस्थित दरबार हाइस्कूलमा आयोजित एक कार्यक्रमकाबीच प्रधानमन्त्री शेरबहादुर देउवाले खोप अभियानको उद्घाटन गरेका हुन् । आजदेखि सुरु भएको खोप अभियान आगामी वैशाख २५ गतेसम्म चल्नेछ । यो अभियानको क्रममा १५ महिनादेखि १५ वर्ष उमेरसमूहका बालबालिकालाई दिइनेछ ।

बालबालिकालाई शुक्रबारदेखि खोप दिइँदैछ । नेपालमा पहिलो पटक यो खोप दिइन लागिएको हो । १५ महिनादेखि १५ वर्ष उमेर समूहका झण्डै ७५ लाख बालबालिकालाई यो खोप दिने सरकारको लक्ष्य रहेको छ ।

 

प्रकाशित मिति : २४ चैत्र २०७८, बिहिबार  २ : १२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।