२८ फाल्गुन २०८२, बिहिबार | Thu Mar 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


निर्वाचन आचारसंहितामा एमालेको असहमती



२५ चैत्र ०७८, काठमाडौं । नेकपा (एमाले)ले आशन्न स्थानीय तहको निर्वाचन आचारसंहिताका सम्बन्धमा आज निर्वाचन आयोगलाई आफ्नो असहमतीहरू बुझाएको छ ।
सो पार्टीका महासचिव शङ्कर पोखरेलको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया समक्ष बुझाइएको ध्यानाकर्षणपत्रमा विद्युतीय सामग्री उत्पादन र सामाजिक सञ्जालमा राख्न नपाइने व्यवस्थाले अभिव्यक्ति स्वतन्त्रता कुष्ठित हुने लगायतका विषयहरू उल्लेख छन् ।
एमालेले कुनै पनि कार्यपालिकाको सदस्य, प्रधानमन्त्री, मन्त्रीलगायत पदाधिकारीलाई आफ्नो निर्वाचन क्षेत्रबाहेक निर्वाचन प्रचारको कार्यमा सम्लग्न हुन नहुने, कुनै पनि कार्यालयबाहेक अन्यत्र निर्वाचन चिह्न झण्डाको प्रयोग गर्न नहुने, निर्वाचनअघि जनप्रतिनिधिले राजिनामा दिनुपर्ने, मतदान वा निर्वाचन अधिकृतले गरेको निर्णयमा उजुरी नलाग्नेजस्ता प्रावधान प्रचलित मान्यता र अभ्यासविपरीत भएको जनाएको छ ।

प्रकाशित मिति : २५ चैत्र २०७८, शुक्रबार  १ : १९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।