१० मंसिर २०८१, सोमबार | Tue Nov 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


राष्ट्रिय खुला ब्याडमिन्टनः प्रिन्स र रशिला च्याम्पियन




२५ चैत ०७८ काठमाडौं । प्रिन्स दाहाल र रशिला महर्जन चौथो योनेक्स सनराइज राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिताको सिंगल्समा बिहीबार च्याम्पियन बनेका छन् ।
पुरुष सिंगल्स फाइनलमा प्रिन्सले दीपेश धामीलाई २१–१५ र २१–१३ को सोझो सेटमा पराजित गरे । बसुन्धारास्थित आयोजक जेस्ट ब्याडमिन्टन एकेडेमीको हलमा भएको महिला फाइनलमा रशिलाले निता लम्साललाई सीधा सेटमा २१–१३ र २१–१३ ले हराइन् ।
यु–१७ पुरुष सिंगल्स फाइनलमा क्षितिज खनालले विवेक चौधरीलाई २०–२२, २१–१० र २१–८ ले पाखा लगाउदै पहिलो भए । सो स्पर्धाको महिलामा रोज पाण्डे पहिलो बनिन् । रोजले फाइनलमा सानिया चन्दको चुनौती २१–७ र २१–९ ले पन्छाइन् ।.
पुरुष डबल्स एक्सिक्युटिभ फाइनलमा विधान अधिकारी र विशाल खड्काको जोडीले प्रविन लिङतेब र सुरोज महर्जनको जोडीलाई ३१–२९ र २१–१६ ले पन्छ्याउदै शीर्ष स्थान हात पारे । मास्टर्स ४५ वर्षमाथि पुरुष डबल्समा विशाल हिराचन र शम्भु श्रेष्ठको जोडी पहिलो भए । उक्त जोडीले फाइनलमा पूर्णहरि होना र सञ्जय कपालीको जोडीलाई १७–२१, २२–२० र २१–११ को सेटमा हराए ।
बुद्धि चौधरी र कमल थापाको जोडीले पूर्णचन्द्र जोशी र उमेश केसीको जोडीलाई फाइनलमा २१–१५ र २१–१५ को सोझो सेटमा पाखा लगाउदै मास्टर्स ५५ वर्षमाथि च्याम्पियन बने ।

 

प्रकाशित मिति : २५ चैत्र २०७८, शुक्रबार  ७ : ५३ बजे