१५ माघ २०८२, बुधबार | Thu Jan 29 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


इंग्लिस प्रिमियर लिगमा उल्भ्समाथि न्युकासलको साँघुरो जित



Football.

२६ चैत्र ०७८, काठमाडौं । शुक्रबार राति भएको इंग्लिस प्रिमियर लिग फुटबलमा न्युकासलले साँघुरो जित दर्ता गरेको छ । न्युकासलले उल्भ्सलाई १–० गोल अन्तरले हराएको हो ।न्युकासललाई जित दिलाउन क्रिस उडले निर्णायक गोल गरे । उनले खेलको ७२ औं मिनेटमा पेनाल्टीबाट गोल गरेका हुन्।त्यसअघि २४ औं मिनेटमा उडले गरेको गोलले मान्यता पाएन ।

भीएआरले अफसाइड देखाएपछि रेफ्रीले गोललाई मान्यता नदिएका हुन् ।यस जितसँगै न्युकासलले ३१ खेलमा ३४ अंक जोडेको छ ।न्युकासल १४ औं स्थानमा उक्लिएका छन् ।उल्भ्स ४९ अंक जोडेर आठौं स्थानमा रहेका छन् ।

प्रकाशित मिति : २६ चैत्र २०७८, शनिबार  ८ : १५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।