९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


पर्यावरण संरक्षण गर्न पनि साइक्लिङ आवश्यक छ



२६ चैत्र ०७८, काठमाडौं । पर्यावरण संरक्षण गर्न पनि साइक्लिङ आवश्यक रहेको नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन् । ‘प्रज्ञा स्मृति साइक्लिङ म्याराथन–२०२२’ को शनिबार चितवनको भरतपुरमा उद्घाटन गर्दै प्रचण्डले साइक्लिङमार्फत पर्यावरण संरक्षण गर्न सकिने र उक्त सन्देश देशव्यापी फैलाउन जरुरी रहेको बताए ।‘

यो प्रतियोगितामार्फत देशैभरी साइक्लिङको विषयमा एउटा सन्देश दिने बताए । पर्यावरणको संरक्षण गर्ने र स्वास्थ्य प्रवर्द्धन गर्ने सन्देश यो म्याराथनबाट दिने प्रचण्डको भनाई छ ।म्याराथनमा विदेशी साइकल यात्रीहरू पनि सहभागी छन् ।

प्रकाशित मिति : २६ चैत्र २०७८, शनिबार  १० : ३५ बजे