२९ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


युक्रेनमाथि रुसले अतिक्रमण सुरु गरेपछि एक हजार नाविकहरूको बिचल्ली



२६ चैत्र ०७८, काठमाडौं । युक्रेनमाथि रुसले अतिक्रमण सुरु गरेपछि करिब एक हजार नाविकहरू बिचल्लीमा परेका छन् । युक्रेनी बन्दरगाह र पानीमा फसेका व्यापारिक जहाजहरूमा रहेका करिब एक हजार नाविकहरूलाई मद्दत र सुरक्षा गर्न संयुक्त राष्ट्र संघका दुई एजेन्सीहरूले आह्वान गरेका छन् ।

फसेकामध्ये १०० भन्दा बढी व्यापारिक जहाजहरूले युक्रेनी बन्दरगाह छोड्न नसकेको अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) र अन्तर्राष्ट्रिय सामुद्रिक संगठन (आईएमओ) का प्रमुखहरूले बताएका छन् ।उनीहरूले शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्त, रेडक्रसको अन्तर्राष्ट्रिय समिति र डाक्टर्स विदाउट बोडर्ससलाई जहाजहरू आपूर्ति गर्न मद्दत गर्न ‘तत्काल कदम चाल्न’ आग्रह गर्दै पत्र पठाएका छन् ।

 

प्रकाशित मिति : २६ चैत्र २०७८, शनिबार  ११ : ३६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।