२६ चैत्र ०७८, चापागाँउ । शुक्रबारबाट सुरु चापागाँउको टाहाखेलस्थित गोदावरी कृषि तथा पर्यटन एवं सास्कृतिक महोत्सवमा विस्तारै भीड बढ्न थालेको छ । मेलामा जारी सास्कृतिक कार्यक्रम हेर्न सर्वसाधारणहरु झुम्भिएको देख्न सकिन्छ ।
मेलामा शनिबारबाट वाल उद्यान पनि सुरु भएको छ ।
मेलामा टिकटक प्रतिश्पर्धा,ललितपुर डान्स आइडल,विद्यालय स्तरिय नृत्य प्रतियोगिता,खैजडी,धिमे बाजा, पञ्चे बाजा झाँकी, फुड स्टलआदिको रहने संगीतकर्मी संघका संयोजक सुवास महत बताए । उनले भने, ‘मध्य ललितपुरमा पहिलो पल्ट हामीले मेला आयोजना गर्दैछौं । मेलालाई भव्य बनाउन हामी जुटिरहेका छौं ।’
मेलामा जानका लागि अटोको व्यवस्था गरिएको महतले बताए । उनका अनुसार गोसाईकुण्ड जानकालागि हेलिकप्टरको समेत व्यवस्था गरिदैछ । उनले भने, ‘जीवनकालमा गोसाइकुण्ड हिडेर जाननसकेका बृद्ध बृद्धाहरुले बुकिङ गर्न सक्नु हुन्छ । चापागाँउबाटै गोसाईकुण्ड पु¥याएर हामी फकाईदिन्छौं ।’
गोदावरी नगरपालिकाको आयोजनामा हुन लागेको मेलाको सह आयोजक गोदावरी उद्योग वाणिज्य संघ रहेको छ ।
प्रतिक्रिया