२८ फाल्गुन २०८२, बिहिबार | Thu Mar 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


दक्ष जनशक्ति पलायन रोक्न सरकारले नै चाहेन



 

२७ चैत ०७८, काठमाडौं । सरकारको गलत नीतिका कारण दक्ष जनशक्ति विदेसिरहेको नेपाल इँट्टा उद्योग महासंघका अध्यक्षमा शंकरबहादुर चन्दले आरोप लगाएका छन् । नवनिर्वाचित अध्यक्ष चन्दले आफ्नै देश विकासमा रोक्नु पर्ने यस्ता जनशक्तिलाई सरकारले नै विश्व श्रमबजारमा पठाइरहेको बताएका छन् । नेपालमा धेरै सम्भावना र दक्ष जनशक्ति रहेको र तीन तहको सरकारले रोजगारी, तालिम, अभिमुखीकरण गरी पुँजीको व्यवस्थापन गर्नुपर्नेमा आफ्ना नागरिकलाई विदेश पठाइरहेको उनको भनाई छ ।

उनले नेपालका परम्परागत इँटा उद्योग समेत जनशक्ति पलायनको मारमा परेको उनले बताए । पराम्परागत इँटा उद्योगलाई व्यवस्थित रुपमा सञ्चालन गर्ने, वायु प्रदुषण नियन्त्रण गर्दै रुपान्तरित प्रविधि जिकज्याक, हाइब्रिड र टनेल लगायतको प्रविधिबाट उत्पादनमा अब जोड दिने उनले बताए । ुनेपालमा इँटा उद्योगको लागि दक्ष कामदार अभाव छ, यो अभावको परिपूर्तिका लागि महासंघको नयाँ नेतृत्वले सीटीईभीटीमार्फत फायर मास्टरको व्यवसायिक तालिमको पाठ्यक्रम तयार गरिसकेको र विदेशी जनशक्तिको विकल्पको रुपमा दक्ष कामदार उत्पादन गर्नेछौँ ,ु उनले भने । ७० प्रतिशत प्रयोगात्मक कक्षा हुने ९० दिने तालिम नेपालमै पहिलो पटक सन्चालन गर्न लागेको अध्यक्ष चन्दले बताए । २०६४ सालमा स्थापित महासंघमा हाल २५ वटा संघ छन् । १२ सय इँटा व्यवसायी रहेको नेपालले एसियाको इँटा संगठनको नेतृत्व गरिरहकेको बताए ।

प्रकाशित मिति : २७ चैत्र २०७८, आइतबार  १ : ३४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।