२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


किभ नजिकैको एउटा गाउँमा दर्जनौँ युक्रेनी सर्वसाधारणको शव फेला



२७ चैत ०७८, काठमाडौं । युक्रेनको राजधानी किभ नजिकैको एउटा गाउँमा दर्जनौँ युक्रेनी सर्वसाधारणका शव फेला परेका छन् । रुसी सेनाबाट युक्रेनी सेनाले हालै मुक्त गरेको बुझोभा गाउँमा ती शव फेला परेका हुन् ।

बुजोभा र अन्य धेरै नजिकका गाउँहरू समेट्ने दिमित्रिभका समुदायका प्रमुख तारास डिडिचले पेट्रोल स्टेशन नजिकैको खाडलमा शवहरू फेला परेको बताए । मृतकको संख्या पुष्टि हुन बाँकी छ ।

‘हामी सामान्य जीवनमा फर्किरहेका छौं । तर रुसी सेनाले ओगट्ने क्रममा यो स्थान आक्रमणको हटस्पट बनेको थियो । धैरै सर्वसाधारण मारिएका थिए’, डिडिचले भने ।

प्रकाशित मिति : २७ चैत्र २०७८, आइतबार  २ : २४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।