२९ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


किभ नजिकैको एउटा गाउँमा दर्जनौँ युक्रेनी सर्वसाधारणको शव फेला



२७ चैत ०७८, काठमाडौं । युक्रेनको राजधानी किभ नजिकैको एउटा गाउँमा दर्जनौँ युक्रेनी सर्वसाधारणका शव फेला परेका छन् । रुसी सेनाबाट युक्रेनी सेनाले हालै मुक्त गरेको बुझोभा गाउँमा ती शव फेला परेका हुन् ।

बुजोभा र अन्य धेरै नजिकका गाउँहरू समेट्ने दिमित्रिभका समुदायका प्रमुख तारास डिडिचले पेट्रोल स्टेशन नजिकैको खाडलमा शवहरू फेला परेको बताए । मृतकको संख्या पुष्टि हुन बाँकी छ ।

‘हामी सामान्य जीवनमा फर्किरहेका छौं । तर रुसी सेनाले ओगट्ने क्रममा यो स्थान आक्रमणको हटस्पट बनेको थियो । धैरै सर्वसाधारण मारिएका थिए’, डिडिचले भने ।

प्रकाशित मिति : २७ चैत्र २०७८, आइतबार  २ : २४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।