९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


क्लासिक पार्टी प्यालेसमा आगलागी, झन्डै ३ घण्टापछि नियन्त्रणमा



फाइल तस्बिर

२७ चैत ०७८, काठमाडौं । काठमाडौं खुसिबु नयाँबजारस्थित पार्टी प्यालेसमा आगलागी भएको छ । आगलागी तीन घण्टापछि नियन्त्रणमा आएको छ।

आइतबार साँझ ५ बजेतिर पार्टी प्यालेसको भण्डार कोठा र भान्साकोठामा अचानक लागेको आगो ८ बजेतिर नियन्त्रणमा आएको महानगरीय परिसर काठमाडौंले जनाएको छ ।
काठमाडौं महानगरपालिका–१७ खुसिबु नयाँबजारस्थित क्लासिक बफे प्वाइन्ट पार्टी प्यालेसमा आगलागी भएको हो।
विवाहको लागि खाना पकाउने क्रममा ग्यास लिक भई आगलागी भएको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी वृत्त लैनचौरबाट प्रहरी नायब उपरीक्षकसहित ३० जना, नगर प्रहरी कार्यालय, भृकुटीमण्डपबाट प्रहरी निरीक्षकसहित १० जना समेत गरी ४० जना प्रहरी टोली र नारायणहिटी संग्रहालयस्थित पुरानो गोरख गणबाट उपसेनानीको कमाण्डमा ३५ जनाको नेपाली सेनाको टोलीले खटिएर आगो नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २७ चैत्र २०७८, आइतबार  ९ : १३ बजे