२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


भक्तपुरको विस्का जात्राका क्रममा २० जना भन्दा बढी घाइते



२८ चैत ०७८, बाठमाडौ । भक्तपुरको विस्का जात्राका क्रममा २० जना भन्दा बढी घाइते भएका छन् । भैरबनाथको रथ तान्ने क्रममा झै–झगडा हुँदा घाइते भएका हुन् । जात्राको क्रममा राति पौनो नौ बजेबाट ढुंगामुढासमेत भएको थियो ।ढुंगामुढापछि २० जना भन्दा बढी घाइते अस्पतालमा उपचारमा आएको, सामान्यदेखि टाँंका लगाउनुपर्नेसम्मका घाइते भएको अस्पतालले जनाएको छ ।

६ जना टाँंका लगाउनुपर्ने विरामी आएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार एक जनाको भने हड्डी नै भाँचिएको छ । त्राको क्रममा सयौ युवाहरु डोरीको सहायताले जोडतोडका साथ तान्ने गर्दछ । यो क्रममा राति झै(झगडा हुने गर्दछ । भक्तपुरको विस्का जात्रा बैशाख ५ गतेसम्म चल्नेछ ।

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार  १० : ४८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।