२९ चैत्र ०७८, काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडको सर्वसाधारणको लागि निष्काशन गरिएको आईपिओ बाँडफाँड भएको छ । बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको नक्साल स्थित कार्यालयमा मंगलवार बिहान आईपीओ बाँडफाँट भएको हो ।
क्यापिटलका अनुसार कम्पनीको आईपिओमा २१ लाख ७१ हजार ७ सय ४० जनाले २ करोड ४४ लाख ७ सय १० कित्ताको लागि आवेदन दिएका थिए । जस मध्ये ३ हजार ६ सय ४० जनाको आवेदन रितपूर्वक नभएकाले रद्द गरिएको छ । योग्य २१ लाख ६८ हजार १०० ओटा आवेदनलार्ई मात्र बाँडफाँटमा सहभागी गराईएको हो । माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाको माध्यमबाट आईपीओ बाँडफाँट गर्दा पहिलो चरणमा १ लाख ६६ हजार ३ सय ४५ जनाले १० कित्ताको दरले शेयर पाएका छन । पहिलो चरणमा शेयर बाँडफाँड गर्दा ३ कित्ता शेयर बाँकी रहन गएकोले त्यसलाई पुनः बाँडफाँड गरिएको छ ।
१० कित्ता शेयर शेयर पाउने १ लाख ६६ हजार ३ सय ४५ जना मध्येबाट १० कित्ता भन्दा बढी शेयरको लागि आवेदन दिएकालाई गोलाप्रथामा समावेश गराई पुनः बाँडफाँड गर्दा ३ जनाले थप १ कित्ताको दरले शेयर पाएका छन । यस आधारमा ३ जनाले ११ कित्तासम्म शेयर हात पारेका छन् । कम्पनीको आईपीओ खरीदका लागि आवेदन दिएका मध्ये २० लाख ५ हजार ३ सय ९५ जना आवेदकको हात खाली भएको छ ।
प्रतिक्रिया