२९ चैत ०७८, काठमाडौँ । उष्णीय (उष्णकटी बनधीय) आँधीका कारण आएको बाढीपहिरोमा परी फिलिपिन्समा कम्तीमा २५ जनाको ज्यान गएको छ ।पूर्वीतटमा आँधी आएपछि १३ हजारभन्दा बढी मानिस उच्च स्थानमा भएका आश्रयस्थलतर्फ गएका छन् । भारी वर्षा र हावाहुरीले विद्युत् आपूर्ति अवरुद्ध भएको छ ।
बाढीपहिरोका कारण गाउँ हिलाम्मे भएका छन् ।मध्य एवं दक्षिण फिलिपिन्समा आइतबार आएको ‘मेगी’ नामक आँधीको गति प्रतिघण्टा ६५ किलोमिटरसम्म थियो । फिलिपिन्स यस्ता आँधी बर्सेनि औसतमा २० पटक चल्ने गर्छन् । बीबीसी र अलजजिराबाट ।
प्रतिक्रिया