७ पुस २०८२, सोमबार | Mon Dec 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


साँगाबाट जगातीतर्फ आउँदै गरेको मोटरसाइकल दुर्घटना, चार महिनाकी बालिकाको मृत्यु



FIle photo

२९ चैत ०७८, भक्तपुर। भक्तपुरमा मोटरसाइकल दुर्घटना भएको छ । दुर्घटनामा चार महिनाकी बालिकाको मृत्यु भएको छ।
पाँचखाल नगरपालिका–१ की लोसाङ डोल्मा तामाङको मृत्यु भएको छ ।
बालिकालाई उपचारका लागि न्युरो अस्पताल लगिएकोमा उपचारको क्रममा बिहान ९ बजे मृत्यु भएको थियो।

प्रदेश–०२–०२१प ६७६२ नम्बरको मोटरसाइकल मंगलबार बिहान आफैं दुर्घटना हुँदा बालिकाको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।

बिहान साढे ४ बजे साँगाबाट जगातीतर्फ आउँदै गरेको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको परिसरले जनाएको छ।

दुर्घटनामा बालिकाका बुवा २२ वर्षीय बुद्ध तामाङ र उनकी आमा २१ वर्षीय सुस्मिता तामाङ घाइते भएका छन् । उनीहरु डा. इवामुरा अस्पताल सल्लाघारीमा उपचारपछि घर फर्केका छन्।

प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलबार  १ : १० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।