२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


कंगोमा विद्रोहीको हमलामा कम्तीमा २६ जनाको ज्यान गयो



२९ चैत ०७८, काठमाडौँ । उत्तरपूर्वी कंगोमा संदिग्ध जिहादीले गरेको हमलामा कम्तीमा २६ जनाको मृत्यु भएको स्थानीय रेडक्रसले जनाएको छ । इटुरी प्रान्तको इरूम क्षेत्रमा संदिग्ध जिहादीले आइतवार र सोमबार गरेका हमलामा उनीहरूको मृत्यु भएको हो ।

देशको कुख्यात सशस्त्र समूह एलाइड डेमोक्रेटिक फोर्सेस (एडीएफ) का विद्रोहीहरूले प्रान्तीय राजधानी बुनियाबाट ७५ किलोमिटर दक्षिणमा रहेको कोमान्डा वरपरका दुईवटा गाउँहरूमा हमला गरेकोे रेडक्रसका प्रमुख डेभिड बेइजाले बताए ।

विद्रोहीको हमलामा मुङ्सुमा १७ जना र शौरी मोया गाउँमा ९ जनाको मृत्यु भएको प्राप्त विवरणहरूमा जनाइएको छ । ो आक्रमणकारीहरूले इतुरी नदीको पुललाई निशाना बनाएर हमला गरेका थिए ।

प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलबार  १ : ५८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।