९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


ललितपुरलाई पराजित गर्दै न्यूज २४ टेलिभिजनले जित्यो एफएनजे मिडिया कपको उपाधी




२९ चैत्र ०७८, काठमाडौं । फुटसलको उपाधि पहिलो संस्करणको एफएनजे मिडिया कप फुटसलको उपाधि न्यूज २४ टेलिभिजनले जितेको छ । ललितपुरको च्यासलस्थित नेशनल स्र्पोट्स सेन्टरको मैदानमा भएको फाइनलमा पत्रकार महासङ्घ ललितपुर शाखालाई ५–२ गोल अन्तरले पराजित गर्दै न्यूज २४ ले उपाधि जितेको हो ।
यसअघि सेमिफाइनलमा न्यूज २४ ले पत्रकार महासङ्घ कास्की शाखालाई ६–२ गोल अन्तरले हराउँदै फाइनलको यात्रा गरेको थियो । प्रतियोगिताको उपविजेता ललितपुरले सेमिफाइनलमा टिम शिलापत्रलाई ४–१ ले हराएको थियो । विजेता न्यूज २४ ले नगद २५ हजार, ट्रफी र मेडल हात पारेको हो । उपविजेता ललितपुरले नगद १५ हजार, ट्रफी र मेडल प्राप्त गरेको हो ।
प्रतियोगितामा विधागततर्फको उत्कृष्टतामा पनि न्यूज २४ कै वर्चश्व रह्यो । उत्कृष्ट गोलरक्षक न्यूज २४ का पियुषबहादुर श्रेष्ठ घोषित हुँदा विजेता टिमका सुरज महर्जन उत्कष्ट खेलाडी घोषित भए । सुरजले प्रतियोगितामा कूल १४ गोल गरे । विधागततर्फ उत्कृष्ट हुनेले जनही नगद दुई हजार ५०० र ट्रफी हात पारेका थिए ।

प्रतियोगिताको फाइनल खेल अवलोकन गर्न पुगेका युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले खेल भावनाअनुसार अघि बढ्न सबै खेलाडीलाई शुभकामना दिए । विजेता टिम र खेलाडीलाई पत्रकार महासङ्घका वरिष्ठ उपाध्यक्ष रमेश विष्ट, महासचिव रोशन पुरी, सचिव पवन आचार्य, लेखा समिति संयोजक लेखनाथ न्यौपाने, मुख्य प्रायोजक बीमा समितिका उपनिर्देशक निर्मल अधिकारी र प्रायोजक महालक्ष्मी विकास बैंकका मार्केटिङ विभाग प्रमुख अमित झालगायतले पुरस्कार वितरण गरेका थिए ।
महासङ्घले आफ्नो ६७औँ स्थापना दिवसको अवसरमा आयोजना गरेको मिडिया कप फुटसलमा एशोसियट, प्रतिष्ठान र जिल्ला शाखा गरी १६ टिमको सहभागिता थियो । पत्रकारबीच निरन्तर समन्वय, सहकार्य र भाइचारा अभिवृद्धि गर्न खेलकुद सशक्त माध्यम हुने भएकाले मिडिया कप फुटसल आयोजना गरिएको प्रतियोगिताका सहसंयोजक एवं महासङ्घ केन्द्रीय सदस्य विकास कार्कीले जानकारी दिए । बीमा समितिको मुख्य प्रायोजनमा आयोजित प्रतियोगितामा १६ टोलीको सहभागिता थिए । नेपाल बैंक लिमिटेड, महालक्ष्मी विकास बैंक र सिटिजन्स बैंकले प्रथम मिडिया कप फुटसललाई प्रायोजन गरेका थिए ।

प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलबार  ९ : ३२ बजे