९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ललितपुरको महालक्ष्मीमा एकैदिन ५ सय कार्यकर्ता एमालेमा प्रवेश



एमाले प्रवेश गर्नेको भीड ।

२९ चैत ०७८, ललितपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ललितपुरको महालक्ष्मी नगरपालिकामा एकैदिन करिब ५ सय जनालाई नेकपा एमाले प्रवेश गराएका छन् । नगरपालिकाको सिद्धिपुरमा आयोजना गरिएको कार्यक्रममा अध्यक्ष ओलीले उक्त संख्यामा प्रवेश गराएको नेकपा एमाले ललितपुरले जानकारी दिएको छ।
प्रवेश हुनेमा नेपाल प्रहरीका पूर्व डिएसपी समीर महर्जनसहित नेपाली कांग्रेस, नेकपा माओवादीलगायका पार्टीबाट प्रवेश गरेको बताइएको छ । नेपाली कांग्रेस ललितपुरका पूर्व जिल्ला कोषाध्यक्ष प्रमोदा केसी तथा नेतृ प्रज्वला केसी पनि एमाले प्रवेश गरेका हु ।
महालक्ष्मी नगरपालिकाका सबै क्षेत्रमा एमालेको बाक्लो उपस्थिति रहेपनि सानागाउँ क्षेत्रमा एमाले कमजोर रहेकोमा उक्त क्षेत्रबाट सयौंको प्रवेशले एमाले बलियो भएको नेकपा एमाले महालक्ष्मी नगरपालिकाका अध्यक्ष हरिगोविन्द श्रेष्ठले जानकारी दिए । उक्त क्षेत्रबाट रोशन महर्जन र निशान महर्जनको नेतृत्वमा सयौं युवाहरु प्रवेश गरका हुन् ।
प्रवेश कार्यक्रममा ललितपुरका अन्य पालिकाबाटसमेत एमाले अध्यक्ष ओलीको हातटबाट टिका लगाएर एमाले प्रवेश गरेका थिए । प्रवेश कार्यक्रममा एमालेका केन्द्रीय सदस्य तथा बागमती प्रदेश अध्यक्ष काशिनाथ अधिकारी, नेता महेश बस्नेत, पोलिटब्यूरो सदस्य, शुसिला नेपाल, केन्द्रीय सदस्य हरिकृष्ण व्यञ्जनकार, एमाले ललितपुर अध्यक्ष पुरुषोत्तम आचार्य, महालक्ष्मी नगरपालिका नगरप्रमुख रामेश्वर श्रेष्ठलगायतले नवप्रवेशीलाई स्वागत गरेका थिए ।
कार्यक्रममा सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले चुनावमा स्वतन्त्र ढंगले भाग लिन चन्दलाई आग्रह गरे ।
उनले भने, “विप्लवजीलाई भन्न चाहन्छु चुनावमा स्वतन्त्र ढंगले भाग लिनुहोस् । सूर्य चिह्नबाट चुनाव लड्नुहोस्, जित्नुहोस” । उनले वामपन्थी भनेको नेकपा एमाले मात्र भएको दावी गरे । “भ्रम नहोस् वामपन्थी भनेको सिंगल एमाले हो । कांग्रेसको पछाडि पछाडि लाग्ने कसरी वामपन्थी हुन्छन् ? उनीहरू त कांग्रेसपन्थी हुन् ।”
“आन्दोलनका पछाडि लाग्ने वामपन्थी । एमाले वामपन्थी हो । वामपन्थीको बर्को ओढेका कांग्रेसपन्थी हुन् । हामी कोही झुक्किनु पर्ने अवस्था छैन् ।’ओलीले भने । माओवादी केन्द्रको भाँडो रित्तो भइसकेको उनको टिप्पणी थियो । ‘माओवादी कुनै पार्टी रहेन, केन्द्र रह्यो । केन्द्र छ, अरु केही छैन् । माओवादीको भाँडो रित्तिसक्यो, बिर्को मात्र छ । त्यही बिर्कोलाई उनीहरूले केन्द्र भनेका छन् । दुई चार जना नेता छन्, अधिकांशले छोडिसके ।” ओलीले भने ।
अध्यक्ष ओलीले माधवकुमार नेपाल गुट र माओवादी कांग्रेसको जिउँमा बसेको झिँगा धपाउने राम्रो झुक्का भएका चौरीको पुच्छर जस्तो मात्र भएको जिकिर गरे ।
कार्यक्रममा एमालेका नेता महेश बस्नेतले भक्तपुरसँग जोडिएका ललितपुर महानगरपालिका, गोदावरी नगरपालिका र महालक्ष्मी नगरपालिकामा एमालेलाई जिताउन आफु सरिक हुने र आफुलाई सम्झिन नहिचकिचाउन आग्रह गरेका थिए ।
सो कार्यक्रममा नेकपा एमाले ललितपुर प्रचार तथा प्रकाशन बिभागद्वारा प्रकाशित संगठन डायरी, भित्तेपात्रो र पार्टीको चुनाबी गीतको बिमोचन गरिएको थियो । उक्त प्रचार सामग्रीको निर्माण र प्रकाशनको संयोजन प्रचार विभाग प्रमुख ब्रम्हानन्द श्रेष्ठ र उपप्रमुख राजेन्द्र न्यौपानेले गरेका थिए ।

प्रकाशित मिति : ३० चैत्र २०७८, बुधबार  ६ : ५२ बजे