९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


भिल्लारियल १६ वर्षपछि च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश




३० चैत ०७८, काठमाडौं । जर्मन महारथी क्लब बायर्न म्युनिखलाई दोस्रो लेगमा १–१ गोलको बराबरीमा रोक्दै स्पेनिस क्लब भिल्लारियल १६ वर्षपछि युइएफए च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।मंगलबार राति १–१ को बराबरीमा खेल सकिए पनि पहिलो लेगमा भिल्लारियलले बायर्नलाई १–० अन्तरले पराजित गरेको थियो । समग्रमा भिल्लारियल २–१ अन्तरले विजयी भयो । योसँगै ६ पटकको च्याम्पियन बायर्न प्रतियोगिताबाट बाहिरिएको छ ।

दोस्रो लेगमा खेल पूरा आफ्नो पकडमा राखेपनी बायर्न सफल हुन सकेन । खेलको ५२ औ मिनेटमा रोबर्ट लेवास्डोस्कीले गोल गर्दै बायर्नलाई अग्रता दिलाए ।तर, भ्रमणकारी टोलीका स्यामुअल चुक्केजेले खेल सकिन दुई मिनेट अघि गोल गर्दा बायर्न स्तब्ध भयो । सेमिफाइनलमा भिल्लारियलले बेन्फिका र लिभरपुलबीचको विजेतासँग खेल्नेछ । मंगलबार नै भएको अर्को खेलमा रियल मड्रिड क्लब चेल्सीसँग ३–२ अन्तरले पराजित भएपनि सेमिफाइनलमा प्रवेश गरेको छ । घरेलु मैदानमा रियल पराजित भएपनि समग्रमा ५–४ को जित निकाल्दै अन्तिम चारको यात्रा तय गरेको हो । पहिलो लेगमा चेल्सी घरेलु मैदानमा ३(१ अन्तरले पराजित हुनु नै अन्तिम आठबाट बाहिरिनु परेको छ ।

प्रकाशित मिति : ३० चैत्र २०७८, बुधबार  ७ : १२ बजे