२ वैशाख ०७८, काठमाडौं । नेपाल सरकारले संयुक्त राज्य अमेरिकाको विकासका लागि सहयोग निकाय (यूएसएआईडी)ले दिने करिब ८० अर्बको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।
२०७८ चैत ३०मा बसेको मन्त्रिपरिषद बैठकको निर्णयले अमेरिकी सरकारबाट विभिन्न विकास कार्यक्रमको लागि प्राप्त हुने ७९ अर्ब ७१ करोड वैदेशिक अनुदान स्वीकार गर्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै सूचार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ६ सय ५९ मिलिडन डलर बराबरको अनुदान सहायता स्वकिार गर्ने निर्णय भएको जानकारी दिनुभयो ।
यस्तै बैठकले विश्व बैंक अन्तरगर्तको अन्तर्राष्ट्रिय विकास संस्थामार्फत प्राप्त हुने १८ अर्ब रुपैयाँ बराबरको अन्तर्राष्ट्रिय सहयोग पनि स्वीकार गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया