९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


इन्डियन प्रिमियर लिगमा सनराइजर्स हैदरावाको सानदार जित



३ वैशाख ०७८, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा सनराइजर्स हैदरावादले जित हात पारेको छ । मुम्बईमा शुक्रबार राति भएको खेलमा हैदरावादले कोलकत्ता नाइट राइडर्सलाई ७ विकेटले हराएको हो ।कोलकत्ताले दिएको १ सय ७६ रनको लक्ष्य हैदरावादले १७ ओभर ५ बलमा ३ विकेट गुमाएर पूरा गर्यो ।हैदरावादको जितमा राहुल त्रिपाठीले ७१ रनको अर्धशतकीय इनिङ खेलेका थिए ।यस्तै एडिन मार्क्रमले अविजित रहदै ६८ रनको अर्धशतकीय इनिङ खेले ।

कप्तान केन विलियम्सन १७ रनमा आउट भएका थिए ।कोलकत्ताका आन्द्रे रसेलले २ तथा प्याट कमिन्सले १ विकेट लिएका थिए ।यस अघि पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७५ रन जोडेको थियो ।कोलकत्ताका लागि नितिश रानाले ५४ रनको अर्धशतकीय इनिङ खेले । आन्द्रे रसेल ४९ रनमा अविजित रहे । कप्तान श्रेयस आयरले २८ रन जोडेका थिए ।हैदरावादका टी नटराजनले ३ तथा उर्मान मलिकले २ विकेट लिएका थिए ।कोलकत्ता ६ खेलमा ६ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

प्रकाशित मिति : ३ बैशाख २०७९, शनिबार  ६ : २७ बजे