७ पुस २०८२, सोमबार | Mon Dec 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


केन्द्रीय निर्णयको बिरोधमा भरतपुर र बिरगञ्जका कांग्रेस



३ वैशाख ०७९, काठमाडौं । पाँच दलीय गठबन्धनको निर्णय अनुसार भरतपुर महानगरपालिका नेकपा माओवादी केन्द्रलाई र बिरगञ्ज महानगरपालिका जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल)लाई दिने सार्वजनिक भएलगत्तै स्थानिय नेताले अस्विकार गरेको सार्वजनिक गरिरहेको सन्दर्भमा नेपाल कांग्रेस केन्द्रिय कार्य सम्पादन समितिको बैठक बस्ने भएको छ ।

अपरान्ह २ बजे सानेपास्थित केन्द्रिय कार्यालय बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकले ६ वटा नगरपालिका र ११ वटा नगरपालिकाको मेयर र उपमेयरसहित पाँच दलीय भागवन्डामा कुन–कुन आधारमा गर्ने र कांग्रेसलाई कुन–कुन भागमा पर्ने हो रु सो बिषय टुंग्याउन कोशिश गर्नेछ ।

‘कार्यसम्पादन समितिको आजको बैठक मुख्यततः महानगरपालिका र उपमहानगरपालिकाको मेयर र उपमेयरका बारेमा एउटा टुंगोमा पुग्नेछ,’ कांग्रेस केन्द्रिय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले भने, ‘पाँच दलीय भागवन्डालाई कसरी ब्यवस्थापन गर्ने रु भन्नेमा पनि बैठकले आवाश्यक निर्णय लिनेछ ।सत्तारुढ पाँच दलीय गठबन्धन वडा सदस्य तहसम्म नै भागवन्डा गरेर जाने सहमति गरे पनि अझै पनि टुंगोमा पुग्न भने सकेको छैन । जसका कारण प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले धमाधम उम्मेदवार चयन गरी घोषणा गरिसक्दा पनि पाँच दलीय गठबन्धनले उम्मेदवार तय गर्न अझै सकेका छैनन । आगमी ५ बैशाख भित्र स्थानिय तहको भागवन्डा गरिसक्ने निर्णय भएका कारण पनि कांग्रेसलाई आवश्यक निर्णय लिन दबाब छ ।

प्रकाशित मिति : ३ बैशाख २०७९, शनिबार  १० : ०४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।