३ वैशाख ०७८, ललितपुर। ललितपुरको साइकल लेख अतिक्रमणमा परेको छ । ललितपुर महानगरपालिकाले साइकलमैत्री शहर बनाउने उद्देश्यले सडकको छेउमा साइकल लेन बनाए पनि अहिले उक्त साइकल लेन अतिक्रमणमा परेका हो ।
साइकल लेनको अवस्था हेर्दा सबैको हेपाइ र पेलाइमा परेको देखिन्छ । ललितपुर महानगरपालिकाको धेरै महत्व दिएर बनाएको सातदोबाटो, लगनखेल, सुन्धारा, पुल्चोक, भनिमण्डल, झम्सिखेल र कुपण्डोल क्षेत्रको सडकको साइकल लेनमा जताततै अवरोध नै अवरोध देखिएको छ ।
साइकल लेनको अव्यवस्थाले साइकल यात्रीहरुलाई निरुत्साहित बनाएको छ । साइकल लेनमा अन्य सवारी साधन गुडाउने र साइकल यात्रीलाई हेपाए प्रवृतिले उनीहरु आजित भएका छन् ।
शव्द तस्विर : न्युज एजेन्सी अफ नेपाल(नान)
थप तस्विर : ललतिपुर खबर
प्रतिक्रिया