९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ललितपुरका पाँच दलीय गठबन्धनमा ललितपुर महानगर, गोदावरी र वागमतीको प्रमुखको उम्मेदवारीमा सहमती




४ वैशाख ०७८, ललितपुर । ललितपुरका ५ दलको गठबन्धनमा ललितपुर महानगर, गोदावरी र वागमती गाँउपालिकाको प्रमुखको उम्मेदवारी नेपाली काँग्रेसलाई दिने सहमती जुटेको छ ।
नेपाली काँग्रेसका ललितपुर सभापति जितेन्द्र श्रेष्ठका अनुसार महालक्ष्मी र माहाँकालको प्रमुखमा काँग्रेस, माओवादी र समाजवादी तिनै वटा दलको दावी छ । उनले भने,‘ललितपुर महानगर, गोदावरी नगर र वागमती गाँउपालिकामा नेपाली काँग्रेसलाई नै दिने सहमती बनेको छ ।’
निरन्तरको बैठकपछि ललितपुरको ५ दलीय गठबन्धनमा अन्य ठाँउको उम्मेदवारीमा सहमती नजुटेपछि प्रदेशलाई जिम्मा लगाउने भएको छ ।
नेकपा एकर्कत समाजवादीका ललितपुर सहसंयोजक अमृतनाथ तिमल्सिनाका अनुसार शनिबार साँझको बैठकले सहमतीको जिम्मा प्रदेशलाई लगाउने निर्णय गरेको छ ।
‘हामी आन्तरिक तयारी गरिरहेका छौं । परि आए एक्ला एक्लै लड्नु पर्ने अवस्था आउन सक्छ ।’ उनले भने ।

प्रकाशित मिति : ४ बैशाख २०७९, आइतबार  ७ : ५० बजे