५ बैशाख ०७८, ललितपुर । ललितपुरको इमाडोलमा होण्डा मोटरसाइकलको सुविधा सम्पन्न सर्भिस सेन्टर स्थापना गरिएको छ । आइतबार आयोजिक एक कार्यक्रम बीच जय मंन्जुश्री अटो वर्कसप प्रा लिको शुभारम्भ गरिएको सर्भिस सेन्टरका संञ्चालक विकास महर्जनले जानकारी दिएका छन् ।
नयाँ सर्भिस सेन्टर स्थापनासँगै स्थानीवासीलाई होण्डा वाइक सर्भिसिङमा सहज हुने उनको भनाइ छ ।
चार जना संचालक रहेको सर्भिस सेन्टरको अध्यक्षमा कविना महर्जन र संंचालकहरुमा विकास महर्जन, बाबुराजा महर्जन, सुरेश महर्जन रहेका छन् ।
यसअघि होण्डा मोटरसाइकल कम्पनीमै काम गर्दै आएका विकास महर्जनसँग १० बर्षको कार्यानुभव रहेको उक्त वर्कसपले जनाएको छ ।
५ बैशाख २०७९, सोमबार
0
Shares
प्रतिक्रिया