६ वैशाख ०७८, काठमाडौं ।बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । मंगलबारको तुलनामा आज बुधबार सुनको मूल्य प्रतितोला १५०० रुपैयाँले घटेको हो ।
हिजो मंगलबार प्रतितोला एक लाख दुई हजार १०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज बुधबार प्रतितोला एक लाख ६०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।
महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १०० रुपैयाँ रहेको छ ।
यस्तै चाँदीको मूल्य पनि घटेको छ । हिजो सोमबार प्रतितोला १ हजार ४२० रुपैयाँमा कारोबार भएको चाँदी आज ४५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३८५ रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।
प्रतिक्रिया