७ पुस २०८२, सोमबार | Mon Dec 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सत्ता गठबन्धन बैठक : महानगर र उपमहानगरमा सहमति(सूचीसहित)



७ वैशाख ०७८, काठमाडौं । सत्ता गठबन्धनले स्थानीय तह निर्वाचनका लागि महानगरपालिका र उपमहानगरपालिकाको मेयर र उपमेयरमा सहमति जुटाएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबीच महानगर र उपमहानगरको मेयर र उपमेयरमा समहति जुटाएको हो ।

सत्ता गठबन्धनले गरेको सहमति अनुसार कांग्रेसले विराटनगर, काठमाडौं र ललितपुरको मेयर तथा वीरगञ्ज, भरतपुर र पोखरा महानगरपालिकाको उपमेयर पद लिने भएको छ ।

नेकपा माओवादी केन्द्रले भरतपुर महानगरपालिकाको मेयर र ललितपुरको उपमेयर पाउनेछ । यस्तै, नेकपा एकीकृत समाजवादीले पोखरा महानगरको मयेर र काठमाडौं महानगरमा उपमेयर पाउने भएको छ ।

 

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार  ६ : १० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।