९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


भक्तपुरको ताथलीे प्रतीक्षालयमा पुरुषको शव फेला



७ वैशाख ०७८, भक्तपुर । चाँगुनारायण नगरपालिका ९ ताथली सडकमा एक पुरुष मृतावस्थामा भेटिएको छ । ताथलीको नाला सडकको सोल्टी मोडमा सडकपेटीको प्रतीक्षालयमा आज नाम, वतन नखुलेको पुरुषको शव भेटिएको महानगरीय प्रहरी वृत्त जगाती कन्ट्रोलले जानकारी दिएको छ ।
करिब ३५÷३६ वर्षको कालो वर्णको तराईवासी जस्तो देखिने पुरुषको शव ज्याकेटले मुख छोपिएको अवस्थामा यात्रु प्रतीक्षालयमा फेला परेको प्रहरीको भनाइ छ । प्रहरीले शवपरीक्षणका लागि काठमाडौँ मेडिकल कलेज दुवाकोट पठाएर घटनाको अनुसन्धान र शवको पहिचानका लागि प्रयास सुरु गरेको जानकारी दिएको छ ।

 

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार  ८ : ४० बजे