ललितपुर खबर
९ वैशाख ०७९, ललितपुर । साँस्कृतिक शहर काठमाडौं उपत्यकामा धेरै जात्रा पर्वहरु चलन चल्तमिा छन् । ती मध्ये रातो मच्छिन्द्रनाथको जात्रा लामो जात्रा हो ।
एक महिनासम्म मनाइने यो जात्राको रथ बनाउन मात्रै झण्डै २ हप्ता लाग्छ । गुठी संस्थानका अनुसार झण्डै आधा करोड खर्चमा मनाइने यो जात्रामा हजारौं उपत्यकाबासी सहभागी हुन्छन् ।
मध्यललितपुरको कटुवाल दहबाट जल ल्याएर लगनखेलमा मच्छ्रिन्द्रनाथलाई स्थान गरेको भोलिपल्ट पुल्चोकमा रथ निर्माण सुरु हुन्छ ।
पुल्चोकमा निर्माण गरेको रथ गावाहाल, मंगलबजार सुन्धारा हुँदै लगनखेल ल्याइन्छ । इतिटोलमा पु¥याउनु अघि रथको टुप्पोमा खसालिन्छ । पुनः कुमारीपाटी, मान भवनहुँदै जावदाखेल ल्याएर राष्ट्रप्रमुखको सामु भोटो देखाइन्छ अनि जात्रा सकिन्छ ।
हरेक वाह्र बर्षमा भने पुल्चोकमा बनाइएको रथ बुङमती सम्म पु¥याइन्छ । ०७२ सालमा मनाइएको बाह्र वर्षे मच्छिन्द्रनाथको जात्रा आउन अव ५ वर्ष मात्रै बाँकी छ ।
मच्छिन्द्रनाथको मूर्तिलाई ६ महिना बुङमतीस्थित मच्छिन्द्रनाथको मन्दिरमा र छ महिना पाटनको मन्दिरमा राखिन्छ । जात्रावधिभर पाटनमा बैशाखमा उल्हास छाउने गर्दछ ।
प्रतिक्रिया