९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ललितपुरमा स्थानीय निर्वाचनको कमाण्ड महिलाहरुको काँधमा



जिल्ला निर्वाचन प्रमुख गोमा धमला ।

न्युज कारखाना

९ बैशाख ०७८, ललितपुर । यसपल्ट ललितपुरको स्थानीय निर्वाचनको कमाण्ड गर्ने जिम्मेवारी महिलाहरुको काँधमा छ ।
ललितपुरको जिल्ला निर्वाचन कार्यालय सम्हालेकी प्रमुख गोमा धमला मात्रै होइन जिल्ला ४ वटा पालिकाको निर्वाचन महिलाले नै गराउदै छन् ।
माहाँलक्ष्मी नगरपालिकामा सर्वोच्च अदालतकी एजलास अधिकृत शारदा फुयाल, गोदावरीमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयकी श्रद्धा अर्याल,दक्षिण ललितपुरको कोञ्ज्योसोम गाँउपालिकामा सर्वोच्च अदालतकै इजलास अधिकृत देविकुमारी चौधरी र माहाकाल गाँउपालिकामा ललितपुर सरकारी वकील कार्यालयकी उपन्यायाधिवक्ता सुशीला ज्ञावालीले निर्वाचन गर्ने जिम्मेवारी पाएका हुन् ।
ललितपुरको ६ वटा पालिकामध्ये २ वटा पालिकामा पुरुषले सम्हाल्दै छन् । बाँकी ४ वटा पालिकाका निर्वाचन अधिकृत महिला रहेका छन् ।
ललितपुर महानगरमा मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधिश किरणप्रसाद शिवाकोटी छन् भने वागमती गाँउपालिकामा पाटन उच्च अदालतका उपरजिष्ट्रार नागेन्द्र केशरी पोखरेल पुरुषले सम्हाल्दै छन् ।
जिल्ला निर्वाचन प्रमुख गोमा धमलाका अनुसार जिल्ला निर्वाचन कार्यालय ७ जना दरवन्दीमध्ये ५ जना महिला कार्यरत छन् । उनी भन्छिन्, यो निर्वाचनको काम हामी बहुसंख्यक महिलाले नै मिलेर गरिरहेका छौं ।
उनी भन्छिन्,‘जिल्लामा यसपल्ट अति संवदेनशी मतदान स्थल हटेको छ । त्यसैले निर्वाचन गराउने चुनौती घटेको हाम्रो अनुमान छ । तर हामी राम्रोसँग काम गर्ने तयारीका साथ अघि बढिरहेका छौं ।’
ललितपुरका मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्याधिश किरणप्रसाद शिवाकोटी देशभर ३० प्रतिशतभन्दा धेरै निर्वाचन अधिकृत खटिएको जानकारी दिदै भने, ‘सक्षम र जिम्मेवार भएकै कारण यस पल्ट सरकारले महिलालाई यो जिम्मेवारी दिएको छ ।’
कोञ्ज्योसोम गाँउपालिकामा जानुअघि जिल्ला निर्वाचन कार्यालयमा भेटिएकी निर्वाचन अधिकृत देविकुमारी चौधरीले आफूले सजिलै जिम्मेवारी पुरा गर्ने विश्वास रहेको बताइन् । उनले भनिन्,‘चौघरे पुगेर आइसकेको छु । सबै स्थानीय जनप्रतिनिधिहरु सहयोगी पाए । काम गर्न सझिलो रहेछ ।’
निर्वाचनको काममा धेरै पल्ट खटिएको अनुभव सुनाउदै चौधरीले पहिलोपल्ट निर्वाचन अधिकृतको जिम्मेवारी पाएको भन्दै खुशी व्यक्त गरिन् ।
गोदावरी नगरमा निर्वाचन गराउन खटिएकी श्रद्धा रिजाल आफूले पाएको जिम्मेवारीलाई अवसरको रुपमा लिएको बताउछिन् । भन्छिन्, ‘चुनौती त सधै हुन्छ । नेपाल सरकारले हामीलाई विस्वास गरेर पठाएको छ । हामी सक्षम छौं भन्ने सकारात्मक सन्देश समाजमा प्रवाह भएको छ ।’
जिल्ला प्रमुख धमला सबै निर्वाचन अधिकृतहरुले कार्यस्थलमा पुगेर स्थानीयसँग छलफलपछि राम्रो अवस्था रहेको बताएको जानकारी दिइन् । भनिन्, ‘हामी निर्वाचन गराउन उत्साहित छौ ।’

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार  ९ : ४४ बजे