६ माघ २०८१, आइतबार | Sun Jan 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


नेपालको कूल वैदेशिक व्यापार घाटा १३ खर्ब नाघ्यो



९ वैशाख ०७८, काठमाडौं । नेपालको कूल वैदेशिक व्यापार घाटा १३ खर्ब पुगेको छ ।  चालु आर्थिक वर्षको नौ महिनामा वैदेशिक व्यापार घाटा ६ अर्ब ८ करोड ९० लाख ९१ हजार रुपैयाँ पुगेको हो ।

भन्सार विभागका अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा यसवर्ष नेपालको वैदेशिक व्यापार घाटा २८.४७ प्रतिशतले बढेको छ ।

अघिल्लो आर्थिक वर्षको पहिलो नौ महिनामा नेपालको कूल वैदेशिक व्यापार घाटा १० खर्ब १६ अर्ब ६२ करोड ८३ लाख ४७ हजार रुपैयाँ रहेको थियो ।

यस्तै सोही अवधिको तुलनामा यस वर्ष कूल वैदेशिक व्यापार ३४.९१ प्रतिशतले वृद्धि भएको छ ।

अघिल्लो आर्थिक वर्षको साउन देखि चैत मसान्तसम्मको अवधिमा नेपालको कूल वैदेशिक व्यापार १२ खर्ब ६ अर्ब १६ करोड २५ लाख ६६ हजार रुपैयाँको रहेको थियो ।

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार  ३ : १० बजे