९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


पेप्सिकोलामा जिपमा मोटरसाइकल ठोक्किदा चालकको मृत्यु




९ वैशाख ०७८, काठमाडौं । काठमाडौंको पेप्सिकोलामा बिहीबार राति रोकिराखेको जिपमा मोटरसाइकल ठोकिदा चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाइकल चालक कालिकोट घर भइ कोटेश्वर बस्ने २० वर्षीय धर्मेन्द्र बम रहेका छन् ।
गम्भीर घाइते भएका उनको उपचारका क्रममा पेप्सिकोला स्थित मदर ल्याण्ड अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइते भएका मोटरसाइकलमा पछाडी सवार कैलालीका १८ वर्षीय जगदिश शाहीको काठमाण्डौ मेडिकल कलेजमा उपचार भइरहेको छ ।
जडिबुटीबाट पेप्सिकोलातर्फ जाँदै गरेको बा ३९ प ५१८० नम्बरको मोटरसाइकल गएराती पौने १० बजे सडक छेउमा रोकिराखेको बा २१ च ८८९५ नम्बरको जिपमा ठोक्किएको थियो ।
जिप चालकलाई प्रहरी प्रभाग काँडाघारीले नियन्त्रणमा लिएको छ ।

 

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार  ९ : ४६ बजे