९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंको मेयरमा तीन कलाकारको दावी




न्युज कारखाना
१० चैत ०७८, काठमाडौं । मुलुकको राजधानीसमेत रहेको काठमाडौं महानगरपालिकामा तीनजना कलाकारले भावी मेयरका लागि उम्मेदवारी दावी पेश गर्ने भएका छन ।
आइतवार देखी सुरु हुने उम्मेदवार मनोनयनका लागि मदनदास श्रेष्ठ, गायक तथा ¥यापर बालेन शाह र पुर्व मिस नेवाः तथा मोडेल सुनिता डंगोलले भावी मेयरका लागि दावी प्रस्तुत गर्न लागेका हुन ।
राजेन्द्र लिङदेन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौंको मेयरका लागि पुराना कलाकार मदनदास श्रेष्ठको नाम सिफारिस गरिसकेको छ भने ¥यापार शाहले पनि उम्मेदवारी घोषणा गरिसकेका छन ।
मोडेल तथा मिस नेवाः डंगोलले पनि युवाको प्रतिनिधित्व गर्दै काठमाडौंको भावी मेयरका लागि आफनो दावेदारी प्रस्तुत गर्दैँ आएकी छिन ।

बरिष्ठ कलाकार श्रेष्ठले राजनीतिक दलको प्रतिनिधित्व गर्दै उम्मेदवारी दिने भए पनि ¥यापर शाह र मोडेल डंगोलले स्वतन्त्र उम्मेदवारी दिदैँ छन ।

प्रकाशित मिति : १० बैशाख २०७९, शनिबार  १० : ४८ बजे