४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


बोस्नियामा शक्तिशाली भूकम्प




एजेन्सी
१० वैशाख ०७९, ए साराजेभो । दक्षिणी बोस्नियामा ५ दशमलब ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पको धक्का बाल्कनसम्म अनुभव गरिएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ । भूकम्पको केन्द्रबिन्दु लुबिन्जे सहरबाट १४ किलोमिटर उत्तर पूर्वमा रहेको उक्त सर्वेक्षणले जनाएको छ ।
भूकम्पले पु¥याएको क्षतिको विवरण सार्वजनिक भएको छैन । समाचार संस्था एएफपीका अनुसार भूकम्पको धक्का भूकम्पको केन्द्रबिन्दुबाट ४ सय किलोमिटर टाढा बेलग्रेड, जाग्रेब र स्कोप्जेसम्म महशुस गरिएको थियो ।
भूकम्पको धक्का अल्बानिया र दक्षिणी इटालीमा पनि महशुस भएको थियो ।

 

प्रकाशित मिति : १० बैशाख २०७९, शनिबार  १ : २३ बजे