९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


मकवानपुर फुटबल संघमा फेरि लामा नै निर्वाचित



११ वैशाख ०७८, हेटौंडा । मकवानपुर जिल्ला फुटबल संघको अध्यक्षमा पुनः टीकाराम लामा निर्वाचित भएका छन् । शनिबार हेटौंडामा भएको संघको सातौं अधिवेशनबाट मनिष श्रेष्ठलाई १० मतले पराजित गर्दै लामा पुनः दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् । लामाले १९ मत प्राप्त गर्दा श्रेष्ठले ९ मत मात्र ल्याएका थिए ।
त्यसैगरी उपाध्यक्षमा अरुण बलले २३ मत, युवराज लामाले २१ मत र अजय मानन्धरले १८ मत सहित विजयी भए । उपाध्यक्षका उम्मेदवार राजकुमार श्रेष्ठले १४ र नवराज बज्राचार्यले ८ मत प्राप्त गरेका थिए ।
संघको कार्यसमिति सदस्यमा विकेशलाल श्रेष्ठले २५ मत, आशिष थापाले २५ मत, राजाराम थोकरले २४ मत, आलोक स्याङ्तानले २४ मत, पुष्पराज पुडासैनीले २३ मत, सचिन्द्र लामाले २३ मत, सचिन राईले २३ मत, दिनेश चौलागाईंले २३ मत, कृष्ण केसीले २० मत र नवराज तिमल्सिनाले १९ मत प्राप्त गर्दै विजयी भए । महिला सदस्यमा एलिसा आले विजयी भइन् ।

अध्यक्ष पदमा विजयी भएका टीकाराम लामाले सबैलाई समेट्दै संस्थागत हित एवम् फुटबलको विकासमा लागिपर्ने प्रतिबद्धता जनाए । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हुँदै आएको सहिद स्मृति मकवानपुर गोल्डकप र जिल्ला लिग फुटबललाई थप व्यवस्थित गरिने उनले बताए ।

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  ८ : ४३ बजे