२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काँडाघारीमा बिजुलीको पोलमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु



११ वैशाख ०७९, काठमाडौं । काठमाडौंको काँडाघारीमा आइतबार बिहान मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । बा ५० प ९९३६ नम्बरको मोटरसाइकल बिहान साढे ५ बजेतिर अनियन्त्रित भइ बिजुलीको पोलमा ठोक्किँदा ओखलढुङ्गाको सुनकोसी गाउँपालिका(६ का अन्दाजी ३२ वर्षका कमल आले मगर र अन्दाजी २२ वर्षका गोपाल आले मगरको ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा बिहान ६ बजे ज्यान गएको हो ।

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  ९ : ३५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।