६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काँडाघारीमा बिजुलीको पोलमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु



११ वैशाख ०७९, काठमाडौं । काठमाडौंको काँडाघारीमा आइतबार बिहान मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । बा ५० प ९९३६ नम्बरको मोटरसाइकल बिहान साढे ५ बजेतिर अनियन्त्रित भइ बिजुलीको पोलमा ठोक्किँदा ओखलढुङ्गाको सुनकोसी गाउँपालिका(६ का अन्दाजी ३२ वर्षका कमल आले मगर र अन्दाजी २२ वर्षका गोपाल आले मगरको ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा बिहान ६ बजे ज्यान गएको हो ।

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  ९ : ३५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।