२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


तस्बिरमा हेर्नुहोस् ललितपुर महानगरको उम्मेदवारी दर्ता



११ वैशाख ०७९, ललितपुर । ललितपुर महानगरमा पनि आज केहि दलहरुले उम्मेदवारी दिएका छन् । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि ललितपुरमा आइतबार सात जनाको प्रमुख र दुई जनाको उपप्रमुखमा उम्मेदवारी दिएका हुन् ।

ललितपुर महनगर निर्वचन अधिकृत कार्यालयका सहायक निर्वाचन अधिकृत विष्णु प्रसाद पाण्डेका अनुसार प्रमुखमा समि कपुर महर्जन राष्ट्रिय राष्ट्रिय जनमुक्ति पार्टी, सपना महर्जन आमूल परिवर्तन मसिया पार्टी, सरिना लाखे श्रेष्ठ स्वतन्त्र, सपना श्रेष्ठ मौलिक जरोकिलो पार्टी, अष्टबहादुर महर्जन राप्रपा, उज्वलकृष्ण श्रेष्ठ विवेकशिल साझा पार्टी, मोहनराज शाक्य नेकपा मालेबाट सात जनाको मेयरमा उम्मेदवारी परेको छ ।

यस्तै उपप्रमुखमा स्वर्णिमा शाक्य राप्रप र रत्न व्यजनकार स्वातन्त्रबाट उम्मेदवारी परेको छ । निर्वाचनका लागि आइतबार र सोमबार दुई दिनको समय दिइएको छ ।

 

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  ७ : ०० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।