९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ललितपुरमा गठबन्धनको उम्मेदवारी टुंगो, काँग्रेस र माओवादीको भागबण्डा, समाजवादी बाहिरियो




ललितपुर खबर
१२ वैशाख ०७८, ललितपुर । लामो विवादपछि ललितपुरमा गठबन्धनले उम्मेदवारी लगभग टुंगो लगाएको छ ।
नेपाली काँग्रेस श्रोतका अनुसार गोदावरी नगरपालिकामा गजेन्द्र महर्जन र मुना अधिकारी साविक मेयर र उपमेयर दुवैले फेरि उम्मेदवारी दिने भएका छन् ।
ललितपुर महानगरको उम्मेदवारी भने टुंगो लागेको छैन । यहाँ मेयर नेपाली काँग्रेस र उपमेयर माओवादी केन्द्रको भागमा परेको छ ।
महाकाँल गाँउपालिकामा नेपाली काँग्रेसबाट गणेश केसी र उपप्रमुखमा डोल्मामाया गोले ललिताको नाम रहेको छ । यद्यपी उनको समानुपालिकको बन्द सूचिमा नाम रहेको भन्ने विवादका बीच अन्तिम टुंगो भने लागेको छैन ।
वागमती गाँउपालिकामा प्रमुख नेपाली काँग्रेसबाट विर बहादुर लोप्चन र उपप्रमुखमा माओवादीबाट भक्तबहादुर दर्लामी मगर निसान रहेका छन् ।
कोञ्ज्योसोममा प्रमुख गोपिलाल सिंतान र उपप्रमुखमा राजनप्रसाद घिमिरेले उम्मेदवारी दिने भएका छन् ।
माहालक्ष्मीमा शिव कट्टेल र उपप्रमुखमा लक्ष्मी महर्जन रहेकी छिन् ।
ललितपुरमा गठबन्धनको तर्फबाट नेपाली काँग्रेस र माओवादी केन्द्रले भागवण्डा गरेर उम्मेदवारी टुंगो लगाएका हुन् ।
नेकपा समाजवादीका जिल्ला संयोजक कृष्णलाल महर्जनले जिल्लामा कुरा नमिलिरहेको अवस्थामा प्रदेशका संयोजकहरुले आफूहरुलाई खबर नै नगरि बैठक गरेर नामावली टुंगो लगाएको बताए । उनले भने, ‘गठबन्धनमा हामीलाई बाहिर राखेर एकलौटी निर्णय भयो ।’
नेपाली काँग्रेसका इन्द्र बानिया र सरल सहयात्रीले हस्ताक्षरको लिष्ट बाहिरिएको छ ।
कृष्णलाल महर्जनले एमालेसँग मिल्ने वा एक्लै लढ्ने भन्ने विषयमा केन्द्रको निर्णय अनुसार हुने ललितपुर खबरसँग बताए ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  ६ : ३७ बजे