१३ वैशाख ०७९, काठमाडौं । वैशाखमा वाणिज्य बैंकहरूको निक्षेप २२ अर्बले घटेको छ । नेपाल बैंकर्स संघका अनुसार चैत मसान्तमा वाणिज्य बैंकहरूको कुल निक्षेप ४३ अर्ब ७९ अर्ब रहेकोमा वैशाख २ गते ४३ खर्ब ७७ अर्बमा झरेको थियो । यस्तै वैशाख ९ गते आउँदा बैंकहरूमा निक्षेप थप १० अर्बले घटेर ४३ खर्ब ६७ अर्बमा झरेको संघले जनाएको छ ।
बैंकहरूमा लगानीयोग्य पुँजीको चरम अभाव हुँदा कर्जा लगानी पर्नि गर्न सकेका छैनन् । वैशाख लागेपछिको ९ दिनमा वाणिज्य बैंकहरूको लगानीमा रहेको कर्जा तीन अर्बले घटेको बैंकर्स संघको तथ्यांक छ । चैत मसान्तमा ४१ खर्ब ९७ अर्ब पुगेको कर्जा लगानी वैशाख २ गते ४१ खर्ब ९५ अर्ब हुँदै वैशाख ९ गते ४१ खर्ब ९४ अर्बमा झरेको छ ।
राष्ट्र बैंकको वैशाख ११ गतेको अद्यावधिक तथ्यांक हेर्दा वणिज्य बैंकहरूको निक्षेप ४३ खर्ब ६६ अर्ब रहेको छ । यस्तै बैंकिङ प्रणालीको औसत सीडी रेसियो ९०.६१ प्रतिशत रहेको छ ।
प्रतिक्रिया