१५ वैशाख ०७९, काठमाडौं । सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले निष्काशन गरेको आईपीओ बाँडफाँड गरेको छ । प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले नक्साल स्थित आफ्नै कार्यालयमा आईपीओ बाँडफाँड गरेको हो ।
गोलाप्रथाको माध्यमबाट भएको बाँडफाँटमा पहिलो चरणा ३६ हजार ९४८ जनाले १० कित्ताको दरले शेयर पाएका छन् । यसरी बाँडफाँट गर्दा बाँकी रहेको ८ कित्ता शेयर दोस्रो चरणमा ८ जनाले थप १ कित्ताका दरले हात पारेका छन् । यसरी हेर्दा कम्पनीको आईपीओ ८ जना भाग्यमानी आवेदकहरुले ११ कित्तासम्म प्राप्त गरेका छन् ।
कम्पनीको आईपीओ खरीदका लागि आवेदन दिएका मध्य २१ लाख ६८ हजार ६ सय ८५ जना आवेदकको हात खाली भएको छ । विक्री प्रबन्धकका अनुसार यस आईपीओ खरीदका लागि कुल २२ लाख ५ हजार ६ सय ६३ जनाले २ करोड ४५ लाख २० हजार १ सय ४० कित्ताको लागि आवेदन दिएका थिए । जुन माग भन्दा ६६.३६ गुणा बढी हो ।
कुल आवेदकहरुमध्ये ३ हजार २ सय ७२ जनाको आवेदन रितपूर्वक नभएकाले रद्द गरिएको छ । योग्य २२ लाख २ हजार ३ सय ६१ जना आवेदकलाई गोलाप्रथामा समावेश गराएर आईपिओ बाँडफाँड गरिएको हो । कम्पनीले बैशाख २ गतेदेखि बैशाख ६ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको थियो ।
कम्पनीले रू. ३ करोड ९५ लाख ३३ हजार ६०० बराबरको ३ लाख ९५ हजार ३३६ कित्तामध्ये ३ लाख ६९ हजार ४८८ कित्ता आईपीओ सार्वजनिक निष्कासन मार्फत विक्री गरेको थियो । कुल कित्ता आईपीओमध्ये कम्पनीले ६ हजार ८२ कित्ता कर्मचारीहरुका लागि सुरक्षित गरेको छ भने १९ हजार ७६६ कित्ता सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिसकेको छ ।
प्रतिक्रिया