१५ वैशाख ०७९, काठमाडौँ । चालू आर्थिक बर्षमा ५.८ प्रतिशतको आर्थिक बृद्धिदर हुने केन्द्रिय तथ्यांक बिभागले जनाएको छ । बिहीवार आर्थिक बर्ष २०७८–७९ को राष्ट्रिय लेखा सम्बन्धि तथ्यांक सार्बजनिक गर्दै यस्तो बताएको हो ।
चालु आर्थिक वर्षको छ देखि नौ महिनासम्मका आर्थिक क्षेत्रहरूसँग सम्बन्धित आँकड़ा तथा सूचनाहरू एवं बाँकी अवधिको अनुमान गर्दा केही हालको अवस्था र विगतका अवस्थाका आधारमा वस्तु तथा सेवाको उत्पादन अनुमान गरी २०७८-७९ को प्रारम्भिक अनुमान र प्राप्त संशोधित तथ्याङ्कका आधारमा गत आर्थिक वर्ष २०७७-७८ को संशोधित अनुमान तथा बिगत आर्थिक वर्ष २०७६-७७ को अन्तिम अनुमान प्रकाशित गरिएको छ । हाल प्रकाशित स्थिर मूल्यका अनुमानहरू आर्थिक वर्ष २०६७-६८ को मूल्यमा आधारित छन् । तथ्याङको उपलब्धता संगसँगै केन्द्रीय तथ्याङ्क विभागको राष्ट्रिय लेखा तथ्याङ्क परिमार्जन नीति बमोजिम आर्थिक वर्ष २०७७-७८ र आर्थिक वर्ष २०७८ ७९ का अनुमानहरूलाई क्रमशः परिमार्जन सहित प्रकाशित गर्दै लगिने छ । हालसम्म प्राप्त अनुमानहरूको अध्ययन गर्दा चालु आर्थिक वर्ष २०७८-७९ मा उपभेक्ताको मुल्यमा ५.८४ प्रतिशतले समष्टिगत आर्थिक वृद्धि (कुल कुल गार्हस्थ्य उत्पादनको वृद्धि) हुने देखिन्छ ।
प्रतिक्रिया