९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ललितपुरमा ४ उम्मेदवारविरुद्ध उजुरी



१५ वैशाख ०७९, ललितपुर ।  ललितपुरका विभिन्न स्थानीय तहमा उम्मेदवारी दिएका ४ उम्मेदवारविरुद्ध परेको छ । अहिले उक्त उजुरीमाथि छानविन चलिरहेको छ । उनीहरुमाथि उजुरी परेपछि ती उम्मेदवारसँग मुख्य निर्वाचन अधिकृतको कार्यालयले जवाफ मागेको थियो ।

ललितपुर महानगरपालिकामा काँग्रेसका तर्फबाट प्रमुख पदका लागि उम्मेदवारी दिएका चिरिबाबु महर्जन विरुद्ध उजुरी परेको थियो । उनले यसअघि नगर प्रमुखको कार्यकालमा छँदा महानगरपालिकामा बेरुजु रहेको भन्दै उजुरी परेको हो । महर्जनले यसबारे जवाफ दिइसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यस्तै ललितपुर महानगरपालिकामा एमालेका तर्फबाट उपमेयरमा उम्मेदवारी दिएकी मञ्जली शाक्य विरुद्ध ज्ञानबहादुर खत्रीले उजुरी दर्ता गरेका थिए । २०७४ सालको प्रदेशसभा निर्वाचनमा शाक्यको नाम समानुपातिक तर्फको बन्द सूचीमा रहेको र सो नाम नहटाई उपमेयरमा उम्मेदवारी दर्ता गरेको भन्दै उजुरी परेको हो ।

प्रकाशित मिति : १५ बैशाख २०७९, बिहिबार  ३ : ०४ बजे