९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ललितपुरमा २४ सैं घण्टा निःशुल्क एम्बुलेन्स सेवा, ११३१ मा सम्पर्क गर्न सकिने



१६ वैशाख ०७९ ललितपुर । ललितपुर महानगरपालिकाले नगरभित्रका बिरामीलाई अस्पतालसम्म ल्याउन, लैजानका लागि निःशुल्क एम्बुलेन्स सेवा सुरू गरेको छ।
महानगरको पूर्व योजना अनुसारनै नगरभित्र निःशुल्क एम्बुलेन्स, दमकल, शववाहन सुरू गरेको महानगरपालिकाका निवर्तमान मेयर चिरीबाबु महर्जनले बताए।
महानगरले २४ सैं घण्टा दमलकसँगै एम्बुलेन्सले पनि निः शुल्क सेवा दिने महर्जनले जानकारी दिए।

हृदयघात, मृगौला रोगीलगायतका महानगरबासीहरूलाई आकस्मिक सेवाका लागि आफ्नो निवासबाट अस्पतालसम्म, एक अस्पतालदेखि अर्को अस्पतालसम्म वा अस्पतालबाट बिरामीको घरसम्म लैजान–ल्याउन महानगरले आफ्नै खर्चमा एम्बुलेन्स खरिद गरि दमकलसँगै निःशुल्क सेवाको सुविधा उपलब्ध गराउन सुरू गरेको हो।
महानगरमा बसोवास गर्ने बिरामीलाई सहज रूपमा अस्पतालसम्म लैजान–ल्याउन आफूहरूले निःशुल्क एम्बुलेन्स सेवा सुरू गरेको ललितपुर नगर प्रहरी प्रमुख सिताराम हाथेछुले जानकारी दिए। ‘२४ सैं घन्टा हामी महानगरबासी बिरामीलाई निःशुल्क सेवा दिन्छौं’, हाथेछुले भने, ‘महानगर भित्रका कसैलाई समस्या परेमा हामीलाई निःशुल्क ललितपुर नगर प्रहरीको हटलाइन नम्बर ११३१ को व्यवस्था गरेका छौं, जुन २४ सैं घन्टा उपलब्ध हुन्छ।’

उनले अब नगर प्रहरीले एकै ठाउँबाट दमकल, एम्बुलेन्स, सुरक्षा, शववाहन लगायत महानगरबासीको अत्यावश्यक सेवा उपलब्ध हुने बताए।

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार  १ : ४८ बजे