९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


एमाले ललितपुरको घरदैलो (तस्विरहरु)



१९, वैशाख ०७९, ललितपुर । नेकपा एमालेले ललितपुरको पाटनमा घरदैलो अभियान सुरु गरेको छ ।


ललितपुर महानगरका मेयरका उम्मेदवार हरिकृष्ण व्यञ्जनकार, उपमेयरकी उम्मेदवार मञ्जली शाक्य, वडाध्यक्षका उम्मेदवारहरु यसकुमार शाक्य, विनोद महर्जन र वडासदस्यहरुका उम्मेदवारहरु ले घरदैलो कार्यक्रम सुरु गरेका हुन् ।
ललितपुरको वकुबहाल, प्रयागपोखरी, कनिबहाल, ठैना, सौगललगायतका सुन्धारा, सिँचाहिटी लगायतका क्षेत्रमा घर दैलो अभियान गरिएको हो ।


नेताहरु आफ्नो दैलोमा आईपुग्दा माला र फुलले स्वागत गरेको बृद्ध आमाबाले जितको लागि आर्शिवादन दिएकोे नं ६ वडाध्यक्ष पदका उम्मेदवार यस कुमार शाक्यले बताए । शाक्यले भने, “कुनै जात्रा र पर्व भन्दा कम्तिको भने कार्यक्रम भएको थिएन । आफूले बनाएको योजना साकार पार्ने नाराका साथ घरदैलोमा सहभागिता जनाएका थियौँ ।”


गएको शुक्रबार महानगरको वडा नं ७ र का विभिन्न क्षेत्र गुईटोल, पिन्छे, दुपात, सौगल, सुन्धारा आदिमा आदि ठाँउमा घरदैलो अभियान गरिएको प्रदेश कमिटि सदस्य तथा निर्वाचन परिचालन कमिटिका सदस्य अमृृत खड्काले बताए ।
ललितपुर महानगर निर्वाचन परिचालन कमिटि संयोजक प्रेम महर्जनका अनुसनर घरदैलोमा नेताहरुले शिक्षा, स्वास्थ्य, रोजगार, खानेपानी, वातावरण आदिलाई प्रोत्साहन गरिने प्रतिवद्र्धता व्यक्त गरेका थिए ।


घर दैलोमा एमाले पोलिटब्युरो सदस्य सुशिला नेपाल, वाग्मती प्रेदेश इन्चार्ज बाबुकाजी प्रधान, प्रदेश सभा सदस्य ज्ञानेन्द्र शाक्य र मैना अच्छामी, प्रदेश कमिटी सदस्य अमृत खड्का, निर्वाचन परिचालन कमिटि संयोजक प्रेम महर्जन लगायत नेता कार्यकर्ता समेत सहभागिता थिए ।

 

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार  ६ : ४४ बजे