९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


उपत्यकामा फेरि थुप्रिँदै फोहोर



२० वैशाख ०७९, काठमाडौं । उपत्यकामा फेरि फोहोर उठ्न छोडेको छ । एक हप्तादेखि व्यवस्थापन नभएपछि उपत्यकामा फोहोर थुप्रिन थालेको हो ।  पासाङल्हामु राजमार्ग स्तरोन्नतिमा ढिलासुस्ती र लापरबाही भएको भन्दै स्थानीय बासिन्दा फेरि आन्दोलनमा उत्रिएपछि फोहोर उठ्न छोडेको हो ।

नुवाकोटमा रहेको सिसडोल ल्यान्डफिल साइट जाने सडक क्षेत्रका स्थानीय बासिन्दा आन्दोलनमा छन् । उनीहरूले एक हप्तादेखि सडक बन्द गरेका छन् ।

राजमार्ग कालोपत्रे गर्न माग गर्दै यसअघि पनि स्थानीय बासिन्दाले अवरोध गरेका थिए । अहिले काठमाडौं उपत्यकाका दुई महानगरपालिकासहित १८ पालिकाको फोहोर नुवाकोटको सिसडोलमा विसर्जन हुँदै आएको छ ।

उपत्यकामा दैनिक एक हजार मेट्रिक टन फोहोर उत्पादन हुन्छ । सरकारले सहमति अनुसार काम नगरेको भन्दै ल्यान्डफिल साइटका स्थानीय बासिन्दाले आन्दोलन गर्दै आएका छन् । जसले गर्दा उपत्यकाको फोहोर व्यवस्थापनमा समस्या हुँदै आएको छ ।

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलबार  ३ : ५० बजे