१७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


टोखाका खरिदारविरूद्ध भ्रष्टाचारको मुद्दा



२१ वैशाख ०७९, काठमाडौँ ।  अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय टोखाका खरिदारविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ। मालपोत कार्यालय टोखाको मुद्दा फाँटमा कार्यरत खरिदार विनोद तिवारीविरूद्ध बुधबार काठमाडौं विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।

तिवारीले जग्गा नामसारी दर्ता गरी जग्गा धनी प्रमाणपुर्जी बनाउने काम सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग २० हजार रुपैयाँ घुस मागेका थिए।
उजुरीपछि अख्तियारले उनलाई वैशाख ४ गते २० हजार घुस लिइसकेको अवस्थामा पक्राउ गरेको थियो।
त्यसमा उनले घुस लिएको पुष्टि भएको भन्दै अख्तियारले २० हजार बिगो कायम गरी सजायको मागदाबी गरेको छ।

प्रकाशित मिति : २१ बैशाख २०७९, बुधबार  ५ : ०४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।