९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


जिम्बावेमाथि नेपालको शानदार जित



२१ वैशाख ०७९, काठमाडौँ ।  जिम्बावे ‘ए’ विरुद्धको तेस्रो तथा अन्तिम टी-ट्वान्टीमा नेपालले जित निकालेको छ । टियु क्रिकेट मैदानमा बुधबार नेपालले जिम्बावेलाई ८ विकेटले हराएको हो ।

पहिलो खेलमा नेपाल जिम्बावेसँग ६ विकेटले पराजित भएको थियो । दोस्रो टी-ट्वान्टी भने वर्षाले रद्द भएको थियो । नेपालको जितसँगै तीन खेलको सिरिज १-१ को बराबरीमा सकिएको छ ।

जिम्बावेले दिएको १ सय ३७ रनको लक्ष्य नेपालले १५ ओभर ५ बलमा २ विकेट गुमाएर पूरा गर्‍यो ।नेपालको जितमा आसिफ शेखले अविजित रहदै ८७ रनको अर्धशतकीय इनिङ खेले । यस्तै कुशल भुर्तेलले ३४ रन जोड्दा बसिर अहमेदले १० रन जोडे ।

जिम्बावेका लुक जोग्वे र ब्राण्डन माभुताले १/१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जिम्बावेले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३६ रन बनाएको थियो ।

प्रकाशित मिति : २१ बैशाख २०७९, बुधबार  ५ : ०९ बजे