९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


रातो मच्छिन्द्रनाथकाे रथ सुन्धारामा, पाटन-सुन्धारा रुटमा गाडी डाइभर्सन



सहकालका देवता रातो मछिन्द्रनाथको रथ पाटन मङ्लबजारबाट ललितपुरको सुन्धारा लैजाँदै । लेन्स : चन्द्रकला क्षेत्रीरासस

२४ वैशाख ०७९, ललितपुर । ललितपुरको रातो मच्छिन्द्रनाथको रथलाई मङ्गलबजारबाट तानेर सुन्धारा पुर्याइएको छ । रथलाई पुल्चोकबाट तानेको दिनमा गाःबहालमा विश्राम गराएपछि हिजो दोश्रो विश्रामस्थल सुन्धारा पुर्याइएको हो  ।

दोश्रो विश्रामस्थलमा रथ पुर्याइएपछि बाराही गुथियारले पनिस्था पूजा गर्नुपर्ने परम्परा अनुसार आज सुन्धारामा होमसहित पनिस्था पूजा हुने रथ निर्माणमा संग्लन बाराही नाइके दिलकुमार बाराहीले बताए ।  जात्राको क्रममा कुनै पनि बिघ्नबाधा नआओस्, रथका कारणबाट कसैलाई केही नहोस् भनेर पनिस्था पूजा गरिन्छ ।

भोलि रथलाई सुन्धाराबाट लगनखेलतर्फ तानिनेछ । लिच्छविकालमा उपत्यकामा पानी नपरेर अनिकाल भएकोले अहिलेको भारतको आसाममा पर्ने कामरुकामाक्षबाट रातो मच्छिन्द्रनाथलाई काठमाण्डौ उपत्यकामा ल्याइएको र त्यसपछि सहकाल सुरु भएको किंवदन्ती छ ।

रातो मच्छिन्द्रनाथको रथ राखिएका कारण आज ललितपुरको पाटन, सुन्धारा हुँदै चल्ने गाडीलाई डाइभर्सन गरिएको छ । यो रुट भएर चल्ने गाडीलाई ट्यागल र सौगलतर्फ  पठाइएको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २४ बैशाख २०७९, शनिबार  १२ : १७ बजे